Psalms 52:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर म परमेश्‍वरको भवनमा उम्रेको एउटा भद्राक्षको रूखजस्‍तो छु, म युग-युगको लागि उहाँको अनन्‍त प्रेममा भरोसा राख्‍दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मचाहिँ परमेश्‍वरको भवनमा हरियो जैतूनको वृक्षसमान छु। म परमेश्‍वरको कहिल्यै नटुङ्गिने प्रेममा सदासर्वदा भरोसा राख्‍तछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मचाहिँ परमेश्‍वरको भवनमा बढेको हरियो जैतुनको रूखजस्तो छु; म परमेश्‍वरको अचुक प्रेममा सदासर्वदा भरोसा गर्दछु।
Nepali ERV (पवित्र बाइबल)
तर म परमेश्वरको मन्दिरमा उम्रिने हरियो धुपीको रूख जस्तै हुँ। म सदा-सर्वदा परमेश्वरको स्नेहपूर्ण करूणामा भरोसा गर्नेछु।