Psalms 52:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्वर! तपाईंले जे गर्नुभयो, त्यसको निम्ति म तपाईंलाई सधैँभरि धन्यवाद चढाउनेछु, तपाईंको प्रजाको माझमा तपाईं भलो हुनुहुन्छ भनी म भन्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंले जे गर्नुभएको छ त्यसको निम्ति म सदासर्वदा तपाईंको स्तुति गर्नेछु। म तपाईंको नाउँमाथि भरोसा गर्नेछु, किनकि तपाईंको नाउँ असल छ। तपाईंका भक्तजनहरूको उपस्थितिमा म तपाईंको प्रशंसा गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले गर्नुभएका कार्यहरूका कारण भक्तजनहरूको उपस्थितिमा सधैँ म तपाईंको प्रशंसा गर्नेछु, र तपाईंको नाममा म आशा राख्नेछु; किनकि तपाईंको नाम असल छ।
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, जुन कामहरू तपाईंले गर्नुभयो म ती कुराहरूको सदासर्वदा स्तुति गर्नेछु। म भक्तजनहरूका समक्ष तपाईंको नाउँ लिनेछु किनभने यो अति राम्रो छ!