Psalms 53:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिनीहरूलाई डर हुनेछ। त्यस्तो डर तिनीहरूलाई अघि कहिल्यै भएन किनभने परमेश्वरले आफ्ना प्रजाका शत्रुहरूका हड्डी छरपष्ट पारिदिनुहुनेछ। परमेश्वरले तिनीहरूलाई पूरा अस्वीकार गर्नुभएको छ र इस्राएलले तिनीहरूलाई पूर्णरूपले हराउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जहाँ डरको केही कारण थिएन त्यहीँ नै तिनीहरू भयले व्याकुल भए। परमेश्वरले तिमीहरूलाई आक्रमण गर्नेहरूका हड्डीहरू तितरबितर पार्नुभयो, तिनीहरूलाई तिमीले शर्ममा पार्यौ, किनभने परमेश्वरले तिनीहरूलाई घृणा गर्नुभएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जहाँ डराउनुपर्ने कुनै कारण नै थिएन, त्यहीँ नै तिनीहरू डरले व्याकुल भए। परमेश्वरले तिमीहरूलाई आक्रमण गर्नेहरूका हड्डीहरू छरपस्ट पार्नुभएको छ; तिमीहरूले तिनीहरूलाई शर्ममा पारेका छौ; किनभने परमेश्वरले तिनीहरूलाई इन्कार गर्नुभएको थियो।
Nepali ERV (पवित्र बाइबल)
तर ती दुष्ट मानिसहरू भयग्रस्त हुनेछन् त्यस्तो पहिले किहल्यै भएका-थिएनन्! ती पापीहरू इस्राएल का शत्रुहरू हुन्। परमेश्वरले त्यस्ता पापीहरूलाई रद्ध गर्नु भएको छ। यसैले परमेश्वरका मानिसहरूले तिनीहरूलाई परास्त पार्नेछन्, अनि परमेश्वरले तिनीहरूको हाडहरू छिन्न-भिन्न पारिदिनु हुनेछ।