Psalms 55:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सनातन कालदेखि राज्‍य गर्नुहुने परमेश्‍वरले मेरो बिन्‍ती सुन्‍नुहुन्‍छ र मेरा शत्रुहरूको हार गराउनुहुन्‍छ किनभने तिनीहरू मन फर्काउन चाहँदैनन् र उहाँको डर मान्‍दैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सनातनदेखि सिंहासनमा विराजमान हुनुहुने परमेश्‍वरले सुन्‍नुहुनेछ र तिनीहरूलाई वेदना दिनुहुनेछ। सेला किनभने तिनीहरू आफ्‍नो बाटो कहिल्‍यै सुधार्दैनन्‌, र परमेश्‍वरको भय मान्‍दैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वर, जो सनातनदेखि सिंहासनमा विराजमान हुनुहुन्छ, जो कहिल्यै पनि बदलिनुहुन्‍न, उहाँले तिनीहरूलाई सुन्‍नुहुनेछ र तिनीहरूलाई नम्र तुल्याउनुहुनेछ; किनकि तिनीहरूले परमेश्‍वरको डर मान्दैनन्।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले मेरा कुरा सुन्नु हुनेछ। सदा-सर्वदा रहने राजाले मलाई साथ दिनुहुनेछ।