Psalms 55:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा शत्रुहरूका धम्‍कीले म डराएको छु, दुष्‍टका सतावटले म चुर-चुर भएको छु, तिनीहरूले मलाई कष्‍ट दिन्‍छन्, तिनीहरू मसँग रिसाएका छन् र मलाई घृणा गर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा शत्रुको आवाजदेखि, दुष्‍टका आँखाको तराइदेखि, किनभने तिनीहरूले ममाथि कष्‍ट ल्‍याउँछन्‌ र क्रोधमा तिनीहरू भर्त्‍सना गर्छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा शत्रुहरूको आवाजको कारणले, दुष्‍टहरूका धम्कीले गर्दा। किनकि तिनीहरूले ममाथि कष्‍ट ल्याएका छन्, र तिनीहरूका क्रोधमा मलाई सताउने गर्दछन्।
Nepali ERV (पवित्र बाइबल)
मेरो शत्रुहरूले मप्रति अनुचित कार्यहरू गरे। त्यो दुष्ट मानिसले मसित चिच्यायो। मेरो शत्रुहरू क्रोधित थिए र मलाई आक्रमण गरे। तिनीहरूले मलाई सम्पूर्ण प्रकारले तहस-नहस गर्ने विघ्न-वाधाहरू सृष्टि गरे।