Psalms 56:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईं जान्‍नुहुन्‍छ कि मैले कति कष्‍ट भोगेको छु, तपाईंले मेरो आँसुको लेखा राख्‍नुभएको छ। के तपाईंले ती कुराहरू आफ्‍नो खातामा लेख्‍नुभएको छैन र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो विलापको लेखा राख्‍नुहोस्‌। मेरो आँसु तपाईंको फिरिस्‍तमा राखिदिनुहोस्‌। के ती तपाईंको पुस्‍तकमा लेखिएका छैनन्‌ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले मेरो विलापको लेखा राख्नुहोस्; मेरा आँसुको हिसाब बोतलमा राख्नुहोस्— तपाईंको पुस्तकमा के ती सबै लेखिएका छैनन् र?
Nepali ERV (पवित्र बाइबल)
तपाईं जान्नुहुन्छ म कति डराएको छु। तपाईं जान्नुहुन्छ मैले कति विलाप गरें। निःसन्देह तपाईंले मेरो सम्पूर्ण आँसुको हिसाब राख्नु भएको होला।