Psalms 57:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मलाई दया गर्नुहोस्, हे परमेश्वर! मलाई दया गर्नुहोस् किनभने सुरक्षाको निम्ति म तपाईंको शरण पर्दछु। उर्लंदो आँधी नथामिएसम्म तपाईंका पखेटाका छायामा म शरण पाउँदछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सङ्गीत-निर्देशकको निम्ति “विनाश नहोस्” को रागअनुसार दाऊदको मिक्ताम [1] ममाथि कृपा गर्नुहोस्, हे परमेश्वर, ममाथि कृपा गर्नुहोस्, किनकि मेरो प्राणले तपाईंमा शरण लिन्छ। यो आपत् नहटुञ्जेल, तपाईंकै पखेटाको छायामुनि म शरण लिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ममाथि कृपा गर्नुहोस्, हे मेरा परमेश्वर, ममाथि कृपा गर्नुहोस्; किनकि म तपाईंमा शरण लिन्छु। जबसम्म यो विपत्ति हट्दैन, तबसम्म म तपाईंको पखेटाको छायामुनि शरण लिनेछु।
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, मप्रति कृपालु हुनु होस्। दयावान हुनुहोस् किनभने म तपाईंको शरणमा आएकोछु। जबसम्म कष्ट हराँउदैन म तपाईंको संरक्षणमा छु।