Psalms 57:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिस खाने सिंहहरूले जस्‍तै शत्रुहरूले मलाई घेरेका छन्, तिनीहरूका दाँत काँड र भालाहरूजस्‍ता छन् र जिब्रो धारिलो तरवारजस्‍तो!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म सिंहहरूका बीचमा छु, म भक्षक जनावरहरूका बीचमा सुत्दछु। मानिसहरू जसका दाँत बर्छा र बाण हुन्‌, जसका जिब्रा धारिला तरवारझैँ छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म सिंहहरूको बीचमा छु; हिँस्रक जनावरहरूजस्ता मानिसहरूका बीचमा बस्‍न म बाध्य छु; जसका दाँतहरू धारिला तरवार र काँड हुन्, जसका जिब्रा धारिलो तरवारजस्तै छन्।
Nepali ERV (पवित्र बाइबल)
मेरो प्राण विपदमा छ। मेरा शत्रुहरू चारैतिर छन्। तिनीहरू तीखा भालाहरू र काँडाहरू जस्ता दाँत अनि तरवार जस्तो धारिलो जिब्रो लिएर मानिसहरूलाई सिंहहरू जस्तो गर्जनछन्।