Psalms 59:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍नो क्रोधमा तिनीहरूलाई नाश गर्नुहोस्, तिनीहरूलाई पूरा नाश गर्नुहोस्, तब सबैले जान्‍नेछन् कि परमेश्‍वरले इस्राएलमाथि राज्‍य गर्नुहुन्‍छ र उहाँको राज्‍य सारा संसारमा फैलन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूलाई क्रोधले भस्‍म पार्नुहोस्‌, तिनीहरू निमिट्यान्‍न नभएसम्‍म नाश गर्नुहोस्‌। तब पृथ्‍वीको अन्‍त्‍यसम्‍मै मानिसहरूले जान्‍नेछन्‌, कि परमेश्‍वरले याकूबमाथि राज्‍य गर्नुहुन्‍छ। सेला
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंको क्रोधमा तिनीहरूलाई भस्म पार्नुहोस्, तिनीहरू पूरै नष्‍ट नहोउन्जेल भस्म गर्नुहोस्। तब पृथ्वीको छेउसम्मै मानिसहरूले जान्‍नेछन्, कि परमेश्‍वरले इस्राएलमाथि र संसारभरि राज्य गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
तपाईंको क्रोधले तिनीहरूलाई खरानीमा परिणत गरिदिनु होस्। तिनीहरूलाई पुरै नष्ट गर्नुहोस्। तब संसार भरिका मानिसहरूले बुझ्ने छन् परमेश्वरले इस्राएल मा राज्य गर्नुहुन्छ!