Psalms 59:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर म तपाईंको शक्तिबारे गाउनेछु, तपाईंको अटुट प्रेमबारे म प्रत्‍येक बिहान जोडसँग गाउनेछु, तपाईं मेरा शरणस्‍थान र सङ्कष्‍टको समयमा आश्रय हुनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मचाहिँ तपाईंका शक्तिको स्‍तुति गाउनेछु, बिहानै तपाईंका प्रेमको प्रशंसा गाउनेछु, किनकि तपाईं मेरो किल्‍ला, र मेरो दु:खको दिनमा शरणस्‍थान हुनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर म तपाईंको शक्तिको गुणगान गाउनेछु, बिहानै म तपाईंको अचुक प्रेमको गीत गाउनेछु; किनकि तपाईं मेरा किल्‍ला हुनुहुन्छ, सङ्कष्‍टको दिनमा मेरो शरणस्थान हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
तर बिहान पख म तपाईंको स्तुति-गान गाउनेछु म तपाईंको प्रेममा आनन्दित हुनेछु। किन? किनभने अग्लो पर्वतहरू झैं तपाईं मेरो शरणस्थान हुनुहुन्छ। अनि जब ममाथि संकट आई पर्छ म तपाईंकहाँ दौडेर आउँदछु।