Psalms 59:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[3-4] हेर्नुहोस्! तिनीहरू मलाई मार्नलाई पर्खिरहेका छन्, निष्ठुर मानिसहरू मेरो विरुद्धमा भेला भइरहेका छन्। परमप्रभु! तिनीहरू आ-आफ्ना ठाउँमा हतारिएर गएका छन्, तर मैले गरेका कुनै अपराध वा पाप वा ममा भएको कुनै दोषको कारणले होइन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेर्नुहोस्, तिनीहरू कसरी मेरो प्राण लिनलाई ढुकेर बसेका छन्। हे परमप्रभु, मेरो कसूरैविना अथवा पापैविना क्रूर मानिसहरू मेरो विरुद्धमा षड्यन्त्र गर्दछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेर्नुहोस्, मेरो प्राण लिनलाई तिनीहरू कसरी ढुकेर बसेका छन्! हे याहवेह, मेरो दोष वा पाप नभए तापनि कारणविना क्रूर मानिसहरू मेरो विरुद्धमा षड्यन्त्र रच्दछन्।
Nepali ERV (पवित्र बाइबल)
हेर, बलिया मानिसहरूले मलाई पर्खीरहेका छन्। तिनीहरू मलाई मार्न पखिरहेका छन्। यद्यपि मैले कुनै पाप र अपराध गरेको छैन।