Psalms 59:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु, सर्वशक्तिमान् परमेश्वर! उठ्नुहोस् र मेरो सहायता गर्न आउनुहोस्। हे इस्राएलका परमेश्वर! आफैं हेर्नुहोस्, उठ्नुहोस् र अविश्वासीहरूलाई दण्ड दिनुहोस्, दुष्ट देशद्रोहीहरूलाई दयामाया नदेखाउनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे सर्वशक्तिमान् परमप्रभु परमेश्वर, इस्राएलका परमेश्वर, सबै जातिहरूलाई दण्ड दिन जाग्नुहोस्, दुष्ट विश्वासघातीहरूमाथि कुनै दया नदेखाउनुहोस्। सेला
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, सेनाहरूका परमेश्वर, हे इस्राएलका परमेश्वर, सबै राष्ट्रहरूलाई दण्ड दिन तपाईं जाग्नुहोस्; विश्वासघातीहरूमाथि कुनै दया नदेखाउनुहोस्।
Nepali ERV (पवित्र बाइबल)
तपाईं सर्वशक्तिमान् परमप्रभु परमेश्वर, इस्राएल का परमेश्वर हुनुहुन्छ! उठ्नुहोस र तिनीहरूलाई दण्ड दिनुहोस्। ती दुष्ट अपराधीमाथि कुनै प्रकारको दया नदेखाउनु होस्।