Psalms 62:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उसको सम्‍मानको स्‍थानबाट उसलाई तिमीहरू खसाल्‍न मात्र चाहन्‍छौ, तिमीहरूले झूट कुरामा आनन्‍द पाउँछौ। तिमीहरूले आशिष् दिएर बोलिटोपल्‍छौ, तर हृदयमा उसलाई सराप्‍छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसको उच्‍च स्‍थानबाट त्‍यसलाई खसाल्‍नलाई तिनीहरूले दृढ़ विचार गरेका छन्‌। तिनीहरू असत्‍यतामा प्रसन्‍न रहन्‍छन्‌। तिनीहरू मुखले त आशीर्वाद दिन्‍छन्‌, तर मनमा तिनीहरू सराप्‍छन्‌। सेला
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
साँच्‍चै मलाई मेरो उच्‍च स्थानबाट खसाल्नलाई तिनीहरूले योजना बनाएका छन्; तिनीहरू असत्यतामा रमाउँछन्, तिनीहरूको मुखलेचाहिँ आशिष् दिन्छन्, तर तिनीहरूको हृदयले सराप्छन्।
Nepali ERV (पवित्र बाइबल)
मेरो प्रतिष्ठित ओहोदा हुँदा हुँदै पनि, ती मानिसहरू मलाई नष्ट पार्ने योजनाहरू बनाउँछन्। मेरो विषयमा झूटो कुराहरू गर्दा उनीहरू खुशी हुँदछन्। जनसमूहमा, तिनीहरूले मेरो विषयमा राम्रो कुराहरू गर्दछन् तर गुप्त रूपमा भने मलाई सराप्दछन्।