Psalms 62:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरू एक मुट्ठी सासजस्ता मात्र हुन्, ठूला-साना सबै बेकामका छन्। तिनीहरूलाई तराजुमा तौलेर हेर, तिनीहरूको केही ओजन छैन। तिनीहरू हावाभन्दा पनि हलुङ्गा छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
निम्न स्तरका मानिसहरू एक मुट्ठी सास मात्र हुन्, उच्च स्तरका चाहिँ भ्रम मात्र हुन्। तराजूमा तिनीहरू जोखिँदा हलुका हुन्छन्, तिनीहरू दुवै एक मुट्ठी सास मात्र हुन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
साँच्चै निम्न स्तरका मानिसहरू एक मुट्ठी सास मात्र हुन्; उच्च स्तरका मानिसहरू भ्रम मात्र हुन्। यदि तिनीहरूलाई तराजुमा जोखियो भने तिनीहरूको केही ओजन छैन; तिनीहरू दुवै एक मुट्ठी सास मात्र छन्।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले वास्तवमा सहयोग गर्न सक्तैनन्। तिमीले आफ्नो बचाऊको निम्ति मानिसहरूमाथि भरोसा राख्न सक्तैनौ। परमेश्वरको तुलनामा तिनीहरू केही पनि होइनन् फगत तिनीहरू पानीको वाफ हुन्।