Psalms 63:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्वर! तपाईं मेरो परमेश्वर हुनुहुन्छ र म तपाईंको चाहना गर्दछु। मेरा सारा प्राणले तपाईंलाई चाहँदछु। सुखा, उजाड र पानी नपाएको जमिनजस्तै मेरो प्राण तपाईंकै लागि तिर्खाएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनी यहूदाको मरुभूमिमा हुँदा दाऊदको भजन [1] हे परमेश्वर, तपाईं मेरा परमेश्वर हुनुहुन्छ, म तपाईंलाई दिलोज्यानले खोज्छु। पानी नभएको ओबानो र बाँझो जमिनमा मेरो प्राण तपाईंको निम्ति तिर्खाउँछ, मेरो शरीर तपाईंकै निम्ति मरिमेट्दछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे परमेश्वर, तपाईं मेरो परमेश्वर हुनुहुन्छ; म दिलोज्यानले तपाईंलाई खोज्दछु; पानी नभएको सुक्खा र बाँझो जमिनमा, मेरो प्राण तपाईंका निम्ति तिर्खाउँछ।
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, तपाईं मेरो परमेश्वर हुनुहुन्छ। अनि म तपाईंलाई अत्यन्तै चाहन्छु। मेरो प्राण र शरीर तपाईंको लागि पानी नभएको सुख्खा जमीनमा पनि तपाईंकै निम्ति तिर्खाउँछु।