Psalms 64:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले गर्नुभएको कामको कारणले सबै धर्मी मानिसहरूले आनन्द मनाउनेछन्, तिनीहरूले परमेश्वरमा सुरक्षा पाउनेछन्। सबै असल मानिसहरूले उहाँको प्रशंसा गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धर्मीहरू परमप्रभुमा आनन्दित होऊन्, र उहाँमा शरण लिऊन्। सोझो हृदय भएकाहरू सबैले उहाँको प्रशंसा गरून्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धर्मी जनहरू याहवेहमा आनन्दित हुनेछन्, र उहाँमा शरण लिनेछन्; साँचो हृदय भएकाहरू सबैले उहाँको महिमा गर्नेछन्!
Nepali ERV (पवित्र बाइबल)
एक असल मानिस परमप्रभुको सेवा गर्न खुशी हुन्छ। ऊ परमेश्वरमा नै आश्रित हुन्छ अनि जब असल ईमान्दारी मानिसहरूले के भयो भनेर देख्दछ, तिनीहरूले परमेश्वरको गुण गाउँदछन्।