Psalms 65:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीलाई विजय दिनुभएर तपाईंले जवाफ दिनुहुन्‍छ र हामीलाई बचाउन तपाईंले उदेकका कुराहरू गर्नुहुन्‍छ। सारा संसारका मानिसहरू र टाढा-टाढा समुद्रपारिका मानिसहरूले तपाईंमा भरोसा राख्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धार्मिकताका महान्‌ कामहरूबाट तपाईंले हामीलाई जवाफ दिनुहुन्‍छ, हे परमेश्‍वर हाम्रा उद्धारक। पृथ्‍वीका समस्‍त सीमान्‍त र टाढ़ा-टाढ़ाका समुद्रहरूको आशा तपाईं नै हुनुहुन्‍छ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले हामीलाई महान् र धार्मिक कामहरूबाट जवाफ दिनुहुन्छ; हे हाम्रा उद्धारकर्ता परमेश्‍वर, पृथ्वीको छेउसम्मका समस्त मानिसहरू र टाढा-टाढा समुद्रपारि रहने मानिसहरूका आशा तपाईं नै हुनुहुन्छ,
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, हामीलाई बचाउँनु होस्। धर्मी मानिसहरूले तपाईंलाई प्रार्थना गर्दछन् अनि तपाईंले उनीहरूको प्रार्थनाको जवाफ दिनुहुन्छ। तपाईंले उनीहरूको निम्ति अचम्म लाग्ने कार्यहरू गर्नुहुन्छ। संसारभरिका मानिसहरूले तपाईंलाई विश्वास गर्दछन्।