Psalms 65:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले गर्नुभएका महान् कामहरू देखेर सारा संसार भय मान्दै उभिएको छ, तपाईंका कामले गर्दा पृथ्वीका एक कुनादेखि अर्को कुनासम्म आनन्दको सोर उठ्दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पृथ्वीको पल्लो सिमानामा बस्नेहरू तपाईंका चिन्हहरू देखेर भयभीत हुन्छन्। जहाँ प्रभात आउँछ र सन्ध्या बिलाउँछ, तपाईं हर्षका गीतलाई निम्त्याउनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंका अलौकिक चिन्हहरू देखेर पृथ्वीभरिका सारा मानिसहरू छक्क पर्छन्; जहाँ सूर्य उदाउँछ, र जहाँ सूर्य अस्ताउँछ, तपाईंले आनन्दका गीतहरू आह्वान गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
संसार भरिका मानिसहरू तपाईंको आर्श्चयचकित कार्यहरू देखेर छक्कै परेकाछन्। सूर्योदय र सूर्यास्तले हामीलाई आनन्द दिन्छ।