Psalms 65:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले भूमिमाथि वर्षा पठाएर त्यसको वास्ता गर्नुहुन्छ, तपाईंले त्यसलाई धेरै मलिलो बनाउनुहुन्छ। तपाईंले खोला-नालाहरू पानीले भर्नुहुन्छ र पृथ्वीमा उब्जनी दिनुहुन्छ। तपाईंले यो काम यस प्रकारले गर्नुहुन्छ:
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईं धरतीको वास्ता गर्नुहुन्छ र त्यसलाई सिँच्नुहुन्छ, तपाईं त्यसलाई ज्यादै उब्जनी दिने तुल्याउनुहुन्छ। मानिसहरूलाई अन्न जुटाइदिन परमेश्वरका नदीहरू पानीले भरिएका हुन्छन्, किनकि तपाईंले त्यस्तै निर्दिष्ट गर्नुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले भूमिको वास्ता गर्नुहुन्छ र पानीले भिजाउनुहुन्छ; तपाईंले भूमिलाई प्रशस्त गरी मलिलो बनाउनुहुन्छ। मानिसहरूलाई अन्नबाली जुटाउनलाई, परमेश्वरका नदीहरू पानीले भरिएका छन्; किनकि तपाईंले यसरी नै निर्धारण गर्नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
तपाईंले धर्तीको खुब ख्याल गर्नुहुन्छ तपाईं यसलाई पानीले सिंचनु हुन्छ र यसले थोकहरू उमार्दछ। परमेश्वर तपाईंले खोला-नालाहरू पानीले भर्नुभयो अनि त्यहाँको पानीले उप्जनी गराउँछ।