Psalms 68:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमी बसेको अग्‍लो चुचुरादेखि परमेश्‍वरले आफू बस्‍न रोज्‍नुभएको पर्वतलाई किन हेला गरेर हेर्दछौ? परमप्रभु त्‍यहाँ सदासर्वदा बास गर्नुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे रूखा पर्वतहरू, ईर्ष्‍याले त्‍यो पर्वततिर किन हेर्छौ, जहाँ परमेश्‍वरले शासन गर्न खोज्‍नुभएको छ, जहाँ स्‍वयम्‌ परमप्रभु सदासर्वदा वास गर्नुहुनेछ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे अग्ला चुचुराहरू हो, तिमी किन ईर्ष्याले त्यस पर्वततिर हेर्छौ, जुन पर्वतमा परमेश्‍वरले शासन गर्न रोज्नुभएको छ; जहाँ याहवेह स्वयम् सदासर्वदा बास गर्नुहुनेछ?
Nepali ERV (पवित्र बाइबल)
हे बाशान पर्वत! तिमी किन सियोन पर्वतलाई हेला गर्छौ? परमेश्वरले सीनै पर्वतलाई प्रेम गर्नुहुन्छ। उहाँले त्यही जग्गालाई वास-स्थान बनाउनु भयो।