Psalms 68:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धेरै कैदीहरूलाई साथमा लिएर उहाँ अग्‍ला पर्वतमा जानुहुन्‍छ, विद्रोही मानिसहरूले उहाँलाई भेटी चढाउँछन्। परमप्रभु परमेश्‍वर त्‍यहाँ बास गर्नुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तपाईं उच्‍चमा चढ़िजानुभयो, तपाईंले कैदीहरूलाई बन्‍दी बनाएर लानुभयो। तपाईंले मानिसहरूबाट उपहार स्‍वीकार गर्नुभयो, बागीहरूसमेतबाट पनि— कि तपाईं, हे परमप्रभु परमेश्‍वर, त्‍यहाँ वास गरून्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तपाईं उच्‍चमा चढिजानुभयो, तब तपाईंले धेरै कैदीहरूलाई बन्दी बनाएर लैजानुभयो; तपाईंले मानिसहरूबाट उपहार प्राप्‍त गर्नुभयो, विद्रोही मानिसहरूबाट समेत पाउनुभयो— ताकि तपाईं, याहवेह परमेश्‍वर, त्यहाँ बास गर्न सक्नुभएको होस्।
Nepali ERV (पवित्र बाइबल)
उहाँ उच्च पर्वत माथि-माथि जानु भयो। ती मानिसहरूसित जो उहाँका विरूद्ध भए कैदीहरूको लहरलाई पथ-निर्देश गर्दै पुरूषहरूबाट उपहार लिनलाई, परमप्रभु परमेश्वर त्यहाँ रहनलाई जानु भयो।