Psalms 68:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले तिनीहरूलाई हावाले धुवाँ उडाएझैँ उडाउनुहुन्छ, आगोको अघि मैन बिलाएझैँ दुष्टहरू परमेश्वरको सामु नष्ट हुन्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसरी हावाले धूवाँलाई उड़ाएर लैजान्छ, त्यसरी नै तिनीहरूलाई उड़ाउनुहोस्। आगोको सामु मैन बिलाएझैँ, दुष्टहरू परमेश्वरको सामु नष्ट भइजाऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हावाले धुवाँलाई उडाए झैँ तपाईंले तिनीहरूलाई उडाइदिनुहोस्। आगोको अगि मैन बिलाइए झैँ, परमेश्वरको अगि दुष्टहरू नष्ट होऊन्।
Nepali ERV (पवित्र बाइबल)
हावाले धूवाँलाई फुके जस्तै तपाईंको शत्रुहरू यत्रतत्र छरिनु परोस्। मैन अगोमा पग्लिए जस्तै तपाईंको शत्रुहरू नष्ट होस्।