Psalms 68:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पहिले सबैभन्दा सानो बेन्‍यामीन कुल आउँछ, त्‍यसपछि यहूदा कुलका अगुवाहरू आफ्‍ना झुण्‍डसहित आउँछन्, तिनका पछि-पछि जबूलून र नप्‍ताली कुलका अगुवाहरू आउँछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सबैभन्‍दा कनिष्‍ठ बेन्‍यामीनको कुलले तिनीहरूको अगुवाइ गर्दैछ, यहूदाका शासकहरू तिनीहरूको दलमा सामेल छन्‌, जबूलूनका र नप्‍तालीका शासकहरू पनि छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सबैभन्दा सानो कुल बेन्यामीनले तिनीहरूलाई अगुवाइ गर्दछ, यहूदाका शासकहरू तिनीहरूको झुण्डमा सामेल छन्; जबूलूनका र नप्‍तालीका शासकहरू पनि तिनीहरूसँगै सामेल छन्।
Nepali ERV (पवित्र बाइबल)
त्यहाँ सानो बिन्यामीन छ, तिनीहरूलाई डोर्याईरहेका। अनि त्यहाँ यहूदाका महान् परिवार पनि छन्। अनि त्यहाँ जबूलून र नप्ताली अगुवाहरू पनि छन्।