Psalms 68:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो निगालोका बीचमा भएको जङ्गली जनावरजस्‍तो मिश्रदेशलाई, साँढे र तिनका बाछाहरूका बथानजस्‍ता जाति-जातिलाई हकार्नुहोस्, दण्‍डवत् गरेर आफ्‍ना चाँदीहरू तपाईंलाई नचढाउञ्‍जेलसम्‍म तिनीहरूलाई हकार्नुहोस्। लडाइँ गर्न रुचाउनेहरूलाई छरपष्‍ट पार्नुहोस्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नर्कटहरूका बीचमा रहने पशुलाई हप्‍काउनुहोस्‌, जाति-जातिका बाछाहरूका बीचमा साँढ़ेको झुण्‍डलाई डाँट्‌नुहोस्‌। पराजित भएपछि, यिनले चाँदीका टुक्राहरू ल्‍याऊन्‌। लड़ाइँमा खुशी हुने जातिलाई छरपष्‍ट पारिदिनुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
निगालो घारीको बीचमा रहने जङ्गली पशुलाई हप्काउनुहोस्; राष्ट्रहरूका बाछाहरूका बीचमा रहने साँढेहरूको झुण्डलाई हकार्नुहोस्! हारेपछि तिनीहरूले चाँदीका टुक्राहरू ल्याऊन्। लडाइँमा रमाउने राष्ट्रहरूलाई छरपस्ट पारिदिनुहोस्।
Nepali ERV (पवित्र बाइबल)
तिम्रो लठ्ठीले ती “पशुहरूलाई” सधाऊ। ती मानिसहरूको जस्ता “साँढेका बथानलाई” तिमीले अनुशरण गर्ने बनाऊ। तिनीहरूले आज्ञा मान्दछन्। तिमीले ती जातिहरूलाई युद्धमा हरायौ। अब तिनीहरूलाई चाँदीका टुक्रा ल्याउन लगाऊ।