Psalms 68:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरको स्तुति गर, उहाँको नाममा प्रशंसा गाओ, बादलमा सवारी भई आउनुहुनेको निम्ति एउटा बाटो तयार गर। उहाँको नाम परमप्रभु हो, उहाँको उपस्थितिमा आनन्दित होओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वरको निम्ति भजन गाओ, उहाँका नाउँको स्तुति गाओ, बादलहरूमाथि सवार हुनुहुनेको निम्ति एउटा भजन गाओ। उहाँको नाउँ परमप्रभु हो, तिमीहरू उहाँको अगि उल्लसित होओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वरको निम्ति गाओ, उहाँको नामको प्रशंसा गाओ; बादलमा सवार हुनुहुनेलाई प्रशंसा गर; उहाँको नाम याहवेह हो—उहाँको अगि आनन्दित होओ।
Nepali ERV (पवित्र बाइबल)
उहाँको सम्मानमा बाजा गाजा सहित गीत गाऊ। परमेश्वरको निम्ति बाटो तयार पार। उहाँले आफ्नो रथ मरूभूमि तिर उडाउनुहुन्छ उहाँको नाउँ ‘याह, हो उहाँको नाउँको प्रशंसा गर!