Psalms 69:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अपमान भएर मेरो हृदय टुटेको छ र मेरो मनमा पीडा छ। मैले मायाको आशा गरेको थिएँ तर पाइनँ, सान्त्वनाको आशा राखेको थिएँ, त्यो पनि पाइनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिरस्कारले मेरो मन भाँचेको छ, र म निस्सहाय भएको छु। मलाई टिठ्याउने कोही छन् कि भनेर मैले खोजें, तर कोही थिएन, र सान्त्वना दिनेहरू पनि, तर कोही थिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अपमानले गर्दा मेरो मन टुटेको छ; र म निरीह भएको छु; मलाई सहानुभूति देखाउने कोही छन् कि भनेर खोजी गरेँ, तर कोही थिएनन्; र सान्त्वना दिनेहरू पनि खोजेँ, तर कोही भेटिनँ।
Nepali ERV (पवित्र बाइबल)
गालीले मलाई धूलो-पिठो पारेको छ! म गालीको कारणले मर्न लागेको छु म संवेदना पर्खिएको छु तर कसैबाट पाउन सकिन। म कतिपय मानिसहरूलाई सान्त्वनाको निम्ति पर्खीं बसे, तर कोही पनि आएन।