Psalms 69:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मलाई बिनाकारण घृणा गर्नेहरूको सङ्ख्या मेरो टाउकोको केशभन्दा धेरै छ, मेरा शत्रुहरूले मेरा विरुद्धमा झूटा कुरा भन्छन्, तिनीहरू बलिया छन् र मलाई मार्न चाहन्छन्। मैले नचोरेको चीजबीज तिनीहरूले मलाई फर्काउन लाउँछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
विनाकारण मलाई घृणा गर्नेहरू मेरो शिरका कपालभन्दा धेरै छन्। विनाकारण मेरा शत्रु हुनेहरू धेरै छन्, जसले मलाई मार्न खोज्छन्। मैले नलुटेका चीजहरू फिर्ता गर्न मलाई बाध्य भएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कारणविना मलाई घृणा गर्नेहरू मेरो टाउकोका केशभन्दा धेरै छन्; कारणविना मेरा शत्रुहरू धेरै छन्, जसले मलाई मार्न खोजिहिँड्छन्। जुन कुरा मैले चोरेकै छैनँ, मलाई त्यसको भरपाई गर्न बाध्य तुल्याइएको छु।
Nepali ERV (पवित्र बाइबल)
मेरा शिरका केशहरू भन्दा धेरै शत्रुहरू छन्। कारणनै बिना तिनीहरू मलाई हेला गर्छन्। तिनीहरूले मलाई विध्वंश पार्ने पूरा चेष्टा गरे। मेरो विषयमा तिनीहरू झूटो कुराहरू गर्छन्, तिनीहरू झूटा छन् र मैले सामानहरू चोरें भन्छन्। तिनीहरूले मलाई जबर्जस्ती नचोरेका चीजहरूको मूल्य तिर्न लगाउँदछन्।