Psalms 69:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो कारणले तपाईंमाथि भरोसा गर्नेहरू लाजमा नपरून्। हे सर्वशक्तिमान्‌ सार्वभौम परमप्रभु! तपाईंलाई पुज्‍नेहरूलाई मेरा कारणले बदनाम नहोस्! हे इस्राएलका परमेश्‍वर!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंमा आशा राख्‍नेहरू मेरो कारणले अनादरमा नपरून्‌, हे परमप्रभु, सर्वशक्तिमान्‌ परमप्रभु। हे इस्राएलका परमेश्‍वर, तपाईंलाई खोज्‍नेहरू मेरो कारणले शर्ममा नपरून्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे प्रभु, सेनाहरूका याहवेह, तपाईंमा आशा राख्नेहरू मेरो कारणले शर्ममा नपरून्; हे इस्राएलका परमेश्‍वर, तपाईंलाई खोज्नेहरू मेरो कारणले लाजमा नपरून्।
Nepali ERV (पवित्र बाइबल)
हे मेरो स्वामी, सेनाहरूका परमेश्वर, मेरो लागि तपाईंका भक्तजनहरूलाई लज्जित नपार्नु होस्। हे इस्राएल का परमेश्वर, जो तपाईंमाथि निर्भरछन, तपाईका उपासकहरूलाई मेरो कारणले लज्जित हुन नदिनुहोस्।