Psalms 7:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईं धर्मी परमेश्वर हुनुहुन्छ र हाम्रा सोच-विचार र इच्छा जाँच्नुहुन्छ। दुष्टहरूको दुष्ट काम रोक्नुहोस् र भला मानिसहरूलाई इनाम दिनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे धार्मिक परमेश्वर, जसले मन र हृदयको जाँच गर्नुहुन्छ, दुष्टहरूको उपद्रव समाप्त गर्नुहोस्, तर धर्मीहरूलाई स्थिर गराउनुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे धार्मिक परमेश्वर, जसले हृदय र मन जाँच्नुहुन्छ, दुष्टहरूको उपद्रवको अन्त्य गर्नुहोस्, अनि धर्मीहरूको सुरक्षा गर्नुहोस्।
Nepali ERV (पवित्र बाइबल)
दुष्ट मानिसहरूलाई दण्ड दिनुहोस्, अनि धार्मिक मानिसहरूलाई सहयोग गर्नुहोस्। हे परमप्रभु, तपाईंले मानिसहरूको हृदय देख्न सक्नुहुन्छ।