Psalms 70:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म दुर्बल र असहाय छु, हे परमेश्वर, चाँडो मकहाँ आउनुहोस्। तपाईं मेरो मुक्तिदाता र परमप्रभु हुनुहुन्छ; मेरो मद्दतको लागि चाँडै आउनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर म त गरीब र दरिद्र छु, मकहाँ चाँड़ै आउनुहोस्, हे परमेश्वर। तपाईं मेरा सहायक र मलाई छुटकारा दिने हुनुहुन्छ। हे परमप्रभु, विलम्ब नगर्नुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर म त गरिबी र अभावमा छु; हे परमेश्वर, मकहाँ चाँडो आउनुहोस्; तपाईं मेरा सहायक र छुटकारा दिने हुनुहुन्छ; हे याहवेह, ढिलो नगर्नुहोस्!
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर! म दीन-दुःखी र असहाय मानिस हुँ! हे परमेश्वर! चाँडो आएर मलाई बचाउनु होस्! हे परमेश्वर, तपाईंले मात्र मलाई बचाउन सक्नु हुन्छ! अझ विलम्ब नगर्नुहोस्!