Psalms 71:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तपाईंको भलाइबारे भन्नेछु, दिनभरि म तपाईंको मुक्तिको विषयमा कुरा गर्नेछु, जुन मुक्तिबारे मैले पूरा बुझ्न पनि सकेको छैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो मुखले तपाईंको धार्मिकता, र तपाईंबाट हुने उद्धारको विषयमा सारा दिन बोल्नेछ, यद्यपि तिनको परिमाण मलाई थाहा छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो मुखले तपाईंका धार्मिक कामहरू र तपाईंका उद्धारको कामहरूको बारेमा दिनभरि नै मानिसहरूलाई भन्नेछु, यद्यपि मलाई तिनको बारेमा सबै कुरा कसरी भन्ने भनेर थाहा छैन।
Nepali ERV (पवित्र बाइबल)
तपाईं कति असल हुनुहुन्छ भनेर म मानिसहरूलाई भन्नेछु। एकपल्ट मात्र होइन धेरै पल्ट तपाईंले मलाई बचाएको कुरो म तिनीहरूलाई भन्नेछु। ती समयहरूको गन्ती नै छैन।