Psalms 71:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म अब बुढो भएको छु र मेरो केश फुलिसकेको छ, मलाई नत्याग्नुहोस्, हे परमेश्वर! पुस्ता-पुस्तालाई तपाईंको शक्ति र सामर्थ्यबारे उच्च स्वरले बताउँदा तपाईं मेरो साथ हुनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमेश्वर, म वृद्ध हुँदा र मेरो कपाल फुलिसक्दा पनि मलाई नत्याग्नुहोस्, अर्को पुस्तालाई र पछि आउने सबैलाई मैले तपाईंका सामर्थ्यको घोषणा नगरेसम्म मलाई नत्याग्नुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे परमेश्वर, अहिले म वृद्ध भइसकेको छु, र मेरो कपाल फुलिसकेको छ; तबसम्म मलाई नत्याग्नुहोस्, जबसम्म अर्को पुस्तालाई र पछि आउने सबै मानिसहरूलाई तपाईंले गर्नुभएका महान् कामहरू र अचम्मका कुराहरू घोषणा गरी सक्दिनँ।
Nepali ERV (पवित्र बाइबल)
अब म बूढो भएँ अनि मेरा केश सेता छन् तर म जान्दछु तपाईंले मलाई त्याग्नु हुने छैन, परमेश्वर। म प्रत्येक भावी पुस्तालाई तपाईंको शक्ति र महानता बारेमा बताउने छु।