Psalms 72:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्वर! तपाईंको धार्मिकताअनुसार न्याय गर्न राजालाई सिकाउनुहोस्, आफ्नो न्यायबारे उनलाई पनि सिकाउनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सोलोमनको भजन [1] हे परमेश्वर, राजालाई तपाईंको न्यायले युक्त पार्नुहोस्, र राजपुत्रलाई तपाईंको धार्मिकताले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे परमेश्वर, राजालाई तपाईंको न्याय, र राजाका छोरालाई तपाईंको धार्मिकता दिनुहोस्।
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर त्यस राजालाई सहायता गर्नुहोस्, ताकि उसले तपाईंद्वारा विवेकपूर्ण न्याय गरोस्। राजकुमारको सहायता गर्नुहोस् ताकि उसले तपाईंको धार्मिकता जानोस्।