Psalms 72:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसैले कहिल्‍यै राजाको नाम नभुल, उनको कीर्ति सूर्यझैँ अटल रहोस्। सबै जाति-जातिहरूले उनमा परमेश्‍वरको आशिष् पाऊन् र तिनीहरूले राजालाई शुभकामना देऊन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनको नाउँ सदा रहिरहोस्‌, उनको कीर्ति सूर्यझैँ निरन्‍तर रहोस्‌। सबै जाति-जातिहरूले उनीद्वारा आशिष्‌ पाउनेछन्‌, र तिनीहरूले उनलाई धन्‍यका भन्‍नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनको नाम सदासर्वदा रहिरहोस्; सूर्य रहुन्जेलसम्म तिनको नाम रहिरहोस्। तब तिनीद्वारा सबै राष्ट्रहरूले आशिष् पाउनेछन्; र तिनलाई धन्यका भन्‍नेछन्।
Nepali ERV (पवित्र बाइबल)
राजा सदालाई ख्याती प्राप्त बनोस्। जब सम्म घाम रहन्छ तब सम्म मानिसहरूले उहाँको नाउँ याद गरून्। मानिसहरू उहाँबाट धन्य रहोस् अनि सबैले उहाँलाई आशीर्वाद दिऊन्।