Psalms 74:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले धेरै समयअघि आफ्‍नै लागि चुन्‍नुभएको प्रजा, जसलाई तपाईंले दासत्‍वबाट छुटाएर आफ्‍नो जाति बनाउनुभयो, तिनीहरूलाई याद गर्नुहोस्, तपाईं एकपल्‍ट बास गर्नुभएको सियोन पहाडलाई सम्‍झनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍ना मानिसहरूलाई सम्‍झना गर्नुहोस्‌, जुनहरूलाई प्राचीनकालमा तपाईंले किन्‍नुभएको थियो, जुनहरूलाई तपाईंका उत्तराधिकारको कुल हुनलाई तपाईंले मोल तिरेर छुटाउनुभयो— सियोन पर्वत, जहाँ तपाईं वास गर्नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्ना राष्ट्रलाई सम्झना गर्नुहोस्, जसलाई तपाईंले प्राचीन समयमा किन्‍नुभएको थियो; जसलाई तपाईंका उत्तराधिकारका प्रजा हुनलाई तपाईंले मोल तिरेर छुटाउनुभयो— सियोन पर्वत, जहाँ तपाईं बास गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
तपाईंले धेरै अघि किन्नु भएका ती मानिसहरूलाई सम्झनु होस्। तपाईंले हामीलाई बचाउँनु भयो। हामी तपाईं कै सम्पत्ति हौ। जहाँ तपाईं बस्नु भयो, त्यो सियोन पर्वतलाई सम्झनु होस्।