Psalms 74:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
देशमा भएका सबै पवित्रस्थानहरू तिनीहरूले डढाएर भस्म पारे, तिनीहरूले हामीलाई पूरै चुर-चुर गर्न चाहे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले आफ्ना हृदयभित्र भने, “हामी तिनीहरूलाई पूर्ण रूपले मिच्नेछौं।” देशमा भएको परमेश्वरको आराधना गरिने प्रत्येक स्थान तिनीहरूले जलाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले आफ्ना मनमा भने, “हामी तिनीहरूलाई पूर्ण रूपले नाश पारौँ!” तिनीहरूले देशमा भएका परमेश्वरका आराधना गरिने हरेक पवित्रस्थान जलाए।
Nepali ERV (पवित्र बाइबल)
शत्रुले हामीलाई पूर्ण रूपले तहस्नहस्रू पार्ने निर्णय गरे, तिनीहरूले देशमा भएको प्रत्येक चिज र परमेश्वरको पवित्र स्थान जलाए।