Psalms 75:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले आफ्‍ना हातमा आफ्‍नो क्रोधको कडा मद्यले भरिएको कचौरा समात्‍नुभएको छ। उहाँले कचौरा खन्‍याउनुहुन्‍छ र सबै दुष्‍ट मानिसहरूले त्‍यसबाट पिउँदछन्, आखिरी थोपोसम्‍म तिनीहरूले पिउँछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वरको बाहुलीमा एउटा कचौरा छ, जसमा मरमसला मिसाएको छ, फीँज भएको मद्य छ। उहाँले त्‍यो खन्‍याउनुहुन्‍छ, अनि पृथ्‍वीका दुष्‍टहरू सबैले त्‍यसको थिग्रासम्‍मै पिउँछन्‌,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहको हातमा एउटा कचौरा छ, जसमा मसाला मिसिएको फीँज भएको मद्य छ; उहाँले त्यो खन्याउनुहुन्छ, र पृथ्वीका सबै दुष्‍टहरूले मद्यको थिग्रासम्मै पिउँछन्।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर सधैं दुष्ट मानिसहरूलाई दण्ड दिन तयार हुनुहुन्छ। परमप्रभुसँग उहाँको हातमा एउटा कचौरा छ जुन कचौरामा विष भरिएको दाखमद्यले पूर्ण छ। उहाँले त्यो विषयुक्त दाखमद्य खनाउनु हुन्छ, अनि दुष्ट मानिसहरूले त्यसको अन्तिम घुट्को सम्म पिउने छन्।