Psalms 76:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु तिम्रा परमेश्वरलाई जे प्रतिज्ञा गरेका छौ, त्यो चढाओ, तिमी छेउ-छेउका जातिहरूले उहाँलाई भेटी चढाओ। परमेश्वरले मानिसहरूलाई उहाँको डर मान्न लाउनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति भाकल गर र त्यो पूरा गर, उहाँको चारैपट्टि रहनेहरू सबैले उहाँलाई भेटी चढ़ाओ, जो भय मान्ने योग्यका हुनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका परमेश्वर, याहवेहलाई भाकल गर, र त्यो पूरा गर; उहाँलाई, जो भययोग्य हुनुहुन्छ, देशको चारैपट्टि रहने मानिसहरू सबैले भेटी ल्याऊन्।
Nepali ERV (पवित्र बाइबल)
हे मानिसहरू, तिमीहरूले परमप्रभु परमेश्वर प्रति वचन दिएका थियौ। अब उहाँप्रति ती वचनहरू पूरा गर। प्रत्येक ठाउँमा मानिसहरू परमेश्वरसित डराउँछन् र आदर गर्छन्। तपाईंले तिनीहरूलाई भेटीहरू ल्याउन दिनुहोस्।