Psalms 76:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका साहसी सिपाहीहरूबाट सबै थोक खोसिएका छन् र अहिले तिनीहरू मृत्‍युको निद्रामा परेका छन्। तिनका सारा बल र बुद्धि बेकामका भएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
निडर मन भएकाहरू लुटिएका छन्‌, तिनीहरू गहिरो निद्रामा परेका छन्‌, र शूरवीरहरूमा एउटैले पनि हात उचाल्‍न सक्‍दैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
साहसी मानिसहरू लुटिएका छन्; तिनीहरू गहिरो निद्रामा परेका छन्; एउटै पनि शूरवीरले आफ्नो हात उचाल्न सक्दैन।
Nepali ERV (पवित्र बाइबल)
ती सिपाहीहरूले आफू बलियो भएको सोचे। तर अहिले तिनीहरू भुइँमा मृत रूपमा लडिरहेकाछन्। तिनीहरूको शरीर लुटिएर लडिरहेको छ। ती बलिया सिपाहीहरूले आफू स्वयंलाई नै बचाउने योग्यका हुन सकेनन्।