Psalms 78:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले इस्राएलीहरूलाई व्‍यवस्‍था दिनुभयो र याकूबका सन्‍तानलाई व्‍यवस्‍था-विधि दिनुभयो। आफ्‍ना छोरा-छोरीहरूलाई उहाँका नियमहरू सिकाउन उहाँले हाम्रा पिता-पुर्खालाई शिक्षा दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले याकूबको निम्‍ति कानूनहरू कायम राख्‍नुभयो, र इस्राएलमा एउटा व्‍यवस्‍था स्‍थापना गर्नुभयो। आफ्‍ना सन्‍तानहरूलाई यी कुरा सिकाऊन्‌ भनेर, उहाँले हाम्रा पिता-पुर्खाहरूलाई हुकुम दिनुभयो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले याकोबको निम्ति विधि-विधानहरू कायम गर्नुभयो, र इस्राएलमा व्यवस्था स्थापित गर्नुभयो; यी कुराहरू आफ्ना छोराछोरीहरूलाई सिकाउनु भनेर उहाँले हाम्रा पितापुर्खाहरूलाई आज्ञा दिनुभयो;
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले याकूबसँग सम्झौता गर्नुभयो। परमेश्वरले इस्राएल लाई नियम दिनुभयो। परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई आज्ञाहरू दिनुभयो। उहाँले हाम्रा पिता-पुर्खाहरूलाई भन्नुभयो कि ती नियमहरू बारे आफ्ना भावी सन्तानहरूलाई बताऊ।