Psalms 78:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्ना पिता-पुर्खाहरूजस्ता तिनीहरू विद्रोही र आज्ञा नमान्नेहरू बन्नेछैनन्। ती पुर्खाहरूका परमेश्वरमाथि भरोसा कहिल्यै दरिलो थिएन, तिनीहरू उहाँप्रति विश्वासयोग्य रहेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू आफ्ना पिता-पुर्खाझैँ हठी र विद्रोही पुस्ता नहोऊन्, जसका हृदयहरू परमेश्वरतर्फ बफादार थिएनन्, र जसका आत्मा परमेश्वरतर्फ विश्वस्त थिएनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू आफ्ना पितापुर्खाहरू जस्तै अटेरी र विद्रोही पुस्ता हुनेछैनन्; तिनीहरूका हृदय परमेश्वरप्रति वफादार थिएनन्, तिनीहरूका आत्मा परमेश्वरप्रति विश्वासयोग्य थिएनन्।
Nepali ERV (पवित्र बाइबल)
यदि मानिसहरूले आफ्ना नानीहरूलाई परमेश्वरका आज्ञाहरूको विषयमा बताए भने नानीहरू तिनीहरूका पुर्खाहरू जस्तै हुने छैनन्। तिनीहरूका पिता-पुर्खाहरू परमेश्वरका विरूद्ध खडा भए। तिनीहरूले उहाँको आज्ञा पालन गर्न अस्वीकार गरे। ती मानिसहरू हठी थिए। तिनीहरू परमेश्वरको आत्मा प्रति विश्वासी थिएनन्।