Psalms 79:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्वर! अविश्वासीहरूले तपाईंको देशमाथि आक्रमण गरेका छन्। तिनीहरूले तपाईंको पवित्र मन्दिरलाई अपवित्र गरेका छन् र यरूशलेमलाई ध्वंस पारिराखेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आसापको भजन [1] हे परमेश्वर, जाति-जातिहरूले तपाईंको उत्तराधिकारलाई आक्रमण गरेका छन्। तपाईंको पवित्र मन्दिरलाई तिनीहरूले बिटुलो पारेका छन्। तिनीहरूले यरूशलेमलाई संहार पारिदिएका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे परमेश्वर, राष्ट्रहरूले तपाईंका उत्तराधिकारलाई आक्रमण गरेका छन्; तिनीहरूले तपाईंका पवित्र मन्दिरलाई अपवित्र पारेका छन्; तिनीहरूले यरूशलेमलाई भग्नावशेषका थुप्राहरू पारिदिएका छन्।
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, अन्य राष्ट्रहरू तपाईंको मानिसहरूसँग लडाइँ गर्न आए। ती मानिसहरूले तपाईंको पवित्र मन्दिर भत्काईदिए तिनीहरूले यरूशलेमलाई भग्नावशेष बनाई छोडे।