Psalms 79:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
देश-देशले किन हामीलाई सोध्‍छन्, “तिम्रा परमेश्‍वर खोइ?” आफ्‍नो प्रजाको रगत बहाएको कारणले तपाईंले ती देशहरूलाई दण्‍ड दिनुभएको हामी हेर्न पाऔँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिनीहरूका परमेश्‍वर कहाँ छन्‌?” भनी जातिहरूले किन भनून्‌? हाम्रै आँखाको अगि तपाईंका दासहरूको बगाएका रगतको बदला तपाईं लिनुहुन्‍छ भन्‍ने जाति-जातिहरूलाई थाहा होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिनीहरूका परमेश्‍वर कहाँ छन्?” भन्‍ने मौका राष्ट्रहरूले नपाऊन्। तपाईंका आफ्ना सेवकहरूको बगाइएका रगतको बदला लिनुहुन्छ भन्‍ने कुरा हाम्रै आँखाको अगि राष्ट्रहरूलाई थाहा गराउनुहोस्।
Nepali ERV (पवित्र बाइबल)
अन्य सम्प्रदायरूले हामीलाई यसो नभनोस्, “तिम्रो परमेश्वर कहाँ छ? के उसले तिमीहरूलाई सहायता गर्न सक्तैन?” परमेश्वरले ती मानिसहरूलाई दण्ड दिन्छन्, यसकारण हामी त्यो हेर्न चाहन्छौं। तिनीहरूलाई दण्ड दिनुहोस् जसले तपाईंको दासहरू मारी दिए।