Psalms 8:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंको प्रशंसा साना बालकहरू र दूध खाने बालकहरूबाट तपाईंको प्रशंसा हुन्छ। आफ्ना सारा शत्रुदेखि तपाईं सुरक्षित र कुशल हुनुहुन्छ, तपाईंको विरोध गर्नेहरू हरेकलाई तपाईंले बढ्न दिनुहुन्न।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शिशुहरू र दूधे-बालकहरूका ओठबाट तपाईंले पूर्ण प्रशंसा निकाल्नुभएको छ, तपाईंका शत्रुहरूका कारणले, अनि शत्रु र प्रतिपक्षीलाई चूप गराउनलाई तपाईंले यसो गर्नुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले केटाकेटीहरू र शिशुहरूका प्रशंसाबाट, आफ्ना शत्रुहरू र विरोधीहरूलाई चुप गराउनलाई शत्रुहरूका विरुद्ध बलियो किल्ला स्थापना गर्नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
साना केटाकेटी र दूधमुखे बालकहरूका मुखहरूबाट पनि तपाईंको महिमा र प्रशंसा सुनिन्छ। तपाईंले तिनीहरूलाई त्यस्तो शक्तिशाली गीतहरू दिनुभएकोछ, जसले तपाईंको सम्पूर्ण शत्रुहरूलाई चुप पारी दिन्छ।