Psalms 80:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे इस्राएलका गोठालो! हामीतिर कान थाप्‍नुहोस्— तपाईं, जसले योसेफलाई भेडाको बगाललाई झैँ अगुवाइ गर्नुहुन्‍छ— तपाईं, जो पखेटा भएका जीवहरूमाथि बसालेका सिंहासनमा विराजमान हुनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सङ्गीत-निर्देशकको निम्‍ति “करारका लिली फूल” को रागअनुसार आसापको भजन [1] हे इस्राएलका गोठाला, कान थाप्‍नुहोस्‌, तपाईं, जसले योसेफलाई भेड़ाको बगाललाई झैँ अगुवाइ गर्नुहुन्‍छ। तपाईं, जो करूबहरूका बीचमा विराजमान हुनुहुन्‍छ, प्रकाशमान्‌ हुनुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे इस्राएलका गोठाला, हामीलाई सुन्‍नुहोस्; तपाईं, जसले योसेफलाई भेडाबाख्राको बगाललाई झैँ अगुवाइ गर्नुहुन्छ, तपाईं, जो करूबहरूका बीचमा विराजमान हुनुहुन्छ, प्रकाशमान् हुनुहोस्!
Nepali ERV (पवित्र बाइबल)
हे इस्राएल का भेंडावाला, दया गरी मेरो कुरा सुन्नुहोस्। तपाईंले यूसुफका भेडाहरू डोर्याउनु भयो। तपाईं करूब स्वर्गदूतहरूमाथि राजा सरह विराजमान हुनुहुन्छ। हामी तपाईंलाई हेर्छौं।