Psalms 81:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिमीहरूका परमप्रभु परमेश्‍वर हुँ, जसले तिमीहरूलाई मिश्रदेशबाट निकाली ल्‍यायो। तिमीहरूका मुख खोल र म तिमीहरूलाई खुवाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, जसले तिमीहरूलाई मिश्रदेशबाट निकालेर ल्‍याएँ। तिमीहरूको मुख पूरा खोल, र म त्‍यो भरिदिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ, जसले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ, तिमीहरूका मुख पूरा खोल, र म त्यो भरिदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
म, परमप्रभु, तिमीहरूको परमेश्वर हुँ, मैले तिमीहरूलाई मिश्रबाट निकालेर ल्याएँ। इस्राएल, तिमीहरू मुख खोल अनि म खुवाउने छु।