Psalms 84:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भँगेराहरूले पनि गुँड बनाएका छन्, गौंथलीहरूको पनि आफ्‍नै घर छ, तिनीहरूले आफ्‍ना बच्‍चाहरूलाई तपाईंका वेदीछेउ राख्‍छन्, सर्वशक्तिमान्‌ परमप्रभु मेरा राजा, मेरा परमेश्‍वर,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे सर्वशक्तिमान्‌ परमप्रभु, मेरा राजा अनि मेरा परमेश्‍वर, तपाईंका वेदीको नजिक भँगेरीले पनि बसेरा पाउँछे, अनि गौँथलीले गुँड़ बनाउँछे, जहाँ आफ्‍ना बचेरोहरूलाई राख्‍छे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे सेनाहरूका याहवेह, मेरा राजा अनि मेरा परमेश्‍वर, तपाईंका वेदीको नजिक भँगेरीले पनि घर पाउँछे, अनि गौँथलीले गुँड पाउँछे, जहाँ आफ्ना बचेराहरूलाई हुर्काउँछे।
Nepali ERV (पवित्र बाइबल)
हे सेनाहरूका परमप्रभु, मेरो राजा, मेरो परमेश्वर, चराहरू सम्मले तपाईंको मन्दिरभित्र आश्रय पाए। तपाईंको वेदीको छेउमा आफ्नो गुँड बनाउँछन् अनि तिनीहरूले त्यहीं आफ्ना बच्चाहरू हुर्काउँछन्।