Psalms 85:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु परमेश्‍वरले के भन्‍दै हुनुहुन्‍छ, म सुन्‍दै छु, यदि हामी आफ्‍ना मूर्ख चालमा फेरि हिँडेनौं भने उहाँले आफ्‍ना प्रजाका लागि शान्‍ति दिने प्रतिज्ञा गर्नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु परमेश्‍वरले के भन्‍नुहुन्‍छ, सो म सुन्‍नेछु। उहाँले आफ्‍नो प्रजासँग, आफ्‍ना पवित्र जनहरूसँग शान्‍तिको प्रतिज्ञा गर्नुहुन्‍छ, तर तिनीहरू फेरि मूर्खतातिर नलागून्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह परमेश्‍वरले जे भन्‍नुहुनेछ, त्यो म सुन्‍नेछु; उहाँले आफ्ना प्रजाहरू, र आफ्ना विश्‍वासयोग्य सेवकहरूसँग शान्तिको प्रतिज्ञा गर्नुहुन्छ— तर तिनीहरू फेरि मूर्खतातिर नलागून्।
Nepali ERV (पवित्र बाइबल)
उहाँले के भन्नुहुन्छ भनेर मैले मेरो कानलाई परमप्रभु परमेश्वरतिर लगाए। परमेश्वरले भन्नुभयो कि उहाँका मानिसहरू अनि विश्वासी चेलाहरूको निम्ति त्यहाँ शान्ति छ। यदि तिनीहरू पछि फर्केर मुर्खताको बाटोमा हिडेनन् भने उनीहरूले शान्ति पाउने छन्।