Psalms 89:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धेरै समयअघि एउटा दर्शन दिएर तपाईंले आफ्ना विश्वासयोग्य सेवकहरूलाई भन्नुभयो, मैले एउटा प्रख्यात सिपाहीलाई सहायता गरेको छु, मैले मानिसहरूको माझदेखि चुनेको एउटा मानिसलाई राज्यको सिंहासन दिएको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एक पल्ट तपाईंले आफ्ना पवित्र जनहरूसित दर्शनमा बोल्नुभयो, र भन्नुभयो, मैले एक योद्धालाई बल प्रदान गरेको छु, मैले मानिसहरूबाट एउटा युवकलाई उच्च पारेको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले एक पटक दर्शनमा बोल्नुभयो, आफ्ना विश्वासयोग्य जनहरूसित यसो भन्नुभयो: “मैले एक योद्धालाई बल प्रदान गरेको छु; मैले मानिसहरूबाट चुनिएको एक युवकलाई उच्च पारेको छु।
Nepali ERV (पवित्र बाइबल)
तपाईं आफ्ना भक्तजनहरूसँग दर्शनमा बोल्नु भयो अनि भन्नुभयो, “मैले भीडबाट एकजना जवान केटोलाई छानें अनि मैले त्यस जवानलाई मुख्य मानिस बनाएँ, मैले त्यस जवान सिपाहीलाई बलियो, बनाएँ।