Psalms 9:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु! तपाईंलाई चिन्‍नेहरूले तपाईंमा भरोसा राख्‍छन्, तपाईंमा शरण लिनेहरूलाई तपाईंले छोड्‍नुहुन्‍न।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंको नाउँ जान्‍नेहरू जतिले आफ्‍नो भरोसा तपाईंमा राख्‍छन्‌, किनकि हे परमप्रभु, तपाईंको खोजी गर्नेहरूलाई तपाईंले त्‍याग्‍नुभएको छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंका नाम जान्‍नेहरूले तपाईंमा भरोसा राख्दछन्, किनकि, हे याहवेह, तपाईंको खोजी गर्नेहरूलाई तपाईंले कहिल्यै त्याग्नुभएको छैन।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू ज-जसले तपाईंको नाउँ जान्दछन् तपाईंमाथि भरोसा राख्ने नै छन्। हे परमप्रभु, यदि मानिसहरू तपाईंकहाँ आए भने, तपाईंले उनीहरूलाई सहयोग नगरी बस्न सक्नु हुन्न।